

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप रोमाञ्चक बनाउने उद्देश्यसहित एक्स्ट्रीम इनर्जी ड्रिंकले फ्रेन्चाइज टोलीका लोगो अंकित ‘स्पेसल एडिसन’ क्यान बजारमा सार्वजनिक गरेको छ।
क्रिकेट समर्थकलाई आफ्नो मनपर्ने टोलीप्रति समर्थन जनाउने नयाँ माध्यम उपलब्ध गराउने उद्देश्यले कम्पनीले सातवटा फ्रेन्चाइज टोलीको पहिचान झल्कने विशेष क्यान बजारमा ल्याएको हो।
सामान्यतया जर्सी लगाएर, झन्डा फहराएर तथा हुटिङ गरेर आफ्नो टोलीलाई समर्थन जनाउँदै आएका क्रिकेट समर्थकले अब टोलीको लोगो अंकित क्यानमार्फत पनि आफ्नो समर्थन दर्शाउन सक्नेछन्।
एनपीएल सिजन–३ मा एक्स्ट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा कम्पनीको लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ।
क्रिकेटको उत्साहलाई मैदान र दर्शकदीर्घामा मात्र सीमित नराखी समर्थकको दैनिक जीवन, जमघट तथा बजारसम्म विस्तार गर्ने लक्ष्यसहित विशेष क्यान ल्याइएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार आफ्नो मनपर्ने टोलीको पहिचान समेटिएका यी क्यानले समर्थकलाई टोलीसँग थप नजिकबाट जोडिन मद्दत गर्नेछन्। एनपीएलका सातवटै टोलीप्रति समर्पित विशेष संस्करणका क्यान उपभोक्ताले नजिकका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन्।