

–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिकरुपमा सवल रहनुहोला । हरेक काम बन्नेछन् । घुमफिरको योग छ । दिन रमाइलोसंग बित्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढ्नेछ । ख्याल गर्नुहोला मान हानि हुन सक्छ । अर्थ व्यवस्थामा सोच पुर्यानुहोला, स्थिरता देखिदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सम्पत्ति बढ्नेछ । हरेक काममा सफलता पाउनुहुनेछ । घरपरिवारबाट साथ सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी बढ्नेछ । हरेक काममा सफलता मिल्नेछ । शारिरीक तन्दुरुस्तु बढ्ला । खेल क्षेत्रमा ख्याती पाउनु हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौतीहरु बढ्ने छन् । ज्ञानगुनका कुराहरु मन जानेछ । घुमफिरको योग छ । दिन राम्रैसंग बित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ख्याल गर्नुहोला रोग बढ्न सक्छ । हरेक काममा बाधा पुग्न सक्छ । अपव्ययको समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हरेक काममा सफलता मिल्नेछ । साथीसंगीको राम्रो साथले सफलतामा टेवा पुग्नेछ । ज्ञानगुनका कुराहरुमा मन जानेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थीकरुपमा लाभ हुने समय छ । आम्दानी बढ्नुकासाथै गरेका हरेक काममा सफलता पाउनुहुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीसंगीको सहयोग सोचेअनुसार नै हुने देखिन्छ । आम्दानी बढ्नुका साथै घुमफिरको समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ख्याल गर्नुहोला परायाको नजर लाग्न सक्छ । काममा बाधाहरु आउन सक्छन् । अपव्ययको समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन प्रसन्न हुनेछ । साथीसंगीको साथ सहयोग राम्रो मिल्नेछ । धन लाभको समय छ । दिन राम्रोसंग बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा लाभ छ । अर्थ कमाउने योग छ । मन प्रफुल्लित हुनेछ । दिन रमाइलोसंग बित्नेछ ।