९ महिना सकिन लाग्दा मन्त्रीहरूको कामको समिक्षा सुरु

९ महिना सकिन लाग्दा मन्त्रीहरूको कामको समिक्षा सुरु

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कामको समिक्षा सुरु गर्नुभएको छ ।

समिक्षाका लागि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई बोलाएर कार्य प्रगति बुझ्न थाल्नुभएको हो । ओली सरकारको कार्यकाल ९ महिना सकिन लाग्दा समेत सरकारले जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको असन्तुष्टी बढेसँगै प्रधानमन्त्रीले मन्त्रालयका कार्य योजनाको कार्यान्वयनको गति बुझ्न लाग्नुभएको हो । आजदेखि शुरु भएको समिक्षा शुक्रबारसम्म सकिने बताइएको छ ।