नेकपा केन्द्रीय समिति बोलाउन अध्यक्षलाई ज्ञापनपत्र

नेकपा केन्द्रीय समिति बोलाउन अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् । झण्डै तीन दर्जन केन्द्रीय सदस्यहरुले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गरिएको ज्ञापनपत्र आज महासचिव विष्णु पौडेललाई बुझाएका हुन् ।

ज्ञापन पत्रमा दुबै अध्यक्षलाई सम्बोधन गरिएको छ । एकिकरणदेखि पार्टी सञ्चालन कार्यलाई व्यवस्थित रुपमा गरिनुपर्ने माग गर्दै केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, विश्वनाथ प्याकुरेल, माधव अर्याल, हरि राई, रामुकमारी झाँक्री, जयन्ती राई लगायत नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले तल्लो तहका नेतृत्व छनोट गर्दा मापदण्ड निर्धारण गरेर गर्नुपर्ने लगायतका माग राखेका छन् ।