कांग्रेस महिला केन्द्रीय सदस्यमा वासना थापा अग्रस्थानमा, ३ हजार ४८४ मत प्राप्त

कांग्रेस महिला केन्द्रीय सदस्यमा वासना थापा अग्रस्थानमा, ३ हजार ४८४ मत प्राप्त

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका महिला केन्द्रीय सदस्य पदको मतगणना जारी रहँदा वासना थापा सबैभन्दा अगाडि देखिएकी छन्। हालसम्म ४ हजार ६८९ मत गणना सकिँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। उनी नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्यसमेत हुन्।

थापापछि उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो र निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कुसुमदेवी थापाले २ हजार १२९ र धनाकुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेका छन्। निर्वाचन समितिका अनुसार गणना भएका मतमध्ये १२ मत बदर भएका छन्। मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाममा थप परिवर्तन हुन सक्नेछ।

हालसम्मको मतपरिणाम यस्तो छ :

१. वासना थापा – ३,४८४ मत
२. उर्मिला थपलिया – २,६४७ मत
३. निमा गिरी – २,६२० मत
४. कुसुमदेवी थापा – २,१२९ मत
५. धनाकुमारी खतिवडा – २,१२५ मत
६. अनिता देवकोटा – १,९३० मत
७. विनिता खड्का – १,८९२ मत
८. लक्ष्मी पाण्डे – १,७७२ मत
९. सृजना अधिकारी – १,७६२ मत
१०. मुना भुसाल – १,६३२ मत
११. चिनी पोखरेल (चिनु) – १,५६४ मत
१२. रिता थापा मगर – १,५१० मत
१३. कान्तिका सेजुवाल – १,४८१ मत
१४. उमा दाहाल – १,४५८ मत
१५. निर्मला तामाङ बस्नेत (नीरु) – १,४२४ मत
१६. अकला गुरुङ – १,३३८ मत
१७. सम्झना खत्री – १,२५६ मत
१८. गंगा शाही – १,२२२ मत
१९. निर्मला क्षेत्री – १,२२२ मत
२०. गीता सत्याल – १,१६७ मत
२१. जमुना ढकाल – १,१६० मत
२२. इन्दिरा चौलागाईं – १,०४१ मत
२३. गण्डकी थापा अधिकारी – १,०३० मत
२४. भगवती काफ्ले भण्डारी – १,०१९ मत
२५. नम्रता बराल – ९६७ मत
२६. राधिका कटुवाल – ९६६ मत
२७. सुमित्रा कुमारी बम – ९४४ मत
२८. रिता सेन ओली – ८८९ मत
२९. तुलसी देवकोटा – ८६२ मत
३०. पवित्रा कुमारी अर्याल – ८१७ मत
३१. भवानी देवकोटा – ७९९ मत
३२. यस्मिन ढुंगाना – ७७५ मत
३३. विष्णु कुमारी सापकोटा – ५६९ मत
३४. मोदती के.सी. – ५५० मत

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।