११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी, ओलीबाट लिइन् शपथ

११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी, ओलीबाट लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बिहीबार (असोज २२) एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमालेले यही असोज ८ गते पार्टीकी पूर्वउपाध्यक्ष भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो । पार्टीमा उनको वरीयता अध्यक्ष ओलीपछि हुने गरी निर्धारण गरिएको छ । राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि भण्डारी करिब ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् । शपथ लिएलगत्तै उनी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् ।