कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी : ‘कांग्रेसलाई आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टी बनाउने’

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी : ‘कांग्रेसलाई आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टी बनाउने’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं उद्यमी विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।

चौधरीले आफ्नो उम्मेदवारीलाई पार्टीको पद प्राप्त गर्ने प्रयासमा मात्र सीमित नराखी आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा स्थापित गर्ने, युवा पुस्ताका आकांक्षा सम्बोधन गर्ने र नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्ने अभियानका रूपमा प्रस्तुत गरेका छन् ।

निराशातर्फ उन्मुख नेपाली समाजमा नयाँ आशा र विश्वास सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै चौधरीले कांग्रेसले राजनीतिक स्वतन्त्रताको नेतृत्व गरेको आफ्नो गौरवशाली इतिहासलाई आर्थिक क्रान्तिको नेतृत्व गर्ने नयाँ इतिहाससँग जोड्नुपर्ने बताएका छन् ।

त्यसका लागि राजनीति र अर्थनीतिलाई सँगसँगै अघि बढाउँदै बीपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्णशमशेर जबराको आर्थिक विकाससम्बन्धी नीतिलाई संयोजन गर्नुपर्ने उनको धारणा छ ।

चौधरीले पार्टीभित्र युवा नेतृत्वलाई स्थापित गर्ने, अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जालाई जोड्ने तथा पुस्तान्तरण र पुस्ताबीचको सहकार्यबाट आधुनिक कांग्रेस निर्माण गर्ने विषयलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका छन् ।

सभापति गगनकुमार थापाले अघि सारेको ‘समुन्नत नेपाल’ निर्माणको सोचलाई व्यवहारमा कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने उनको एजेन्डामा उल्लेख छ ।

चौधरीका प्रमुख एजेन्डा

  • निराशातर्फ उन्मुख नेपाली समाजमा नयाँ आशा र विश्वास सिर्जना गर्ने ।
  • नेपाली कांग्रेसको नेतृत्वमा युवा नेतालाई स्थापित गर्ने ।
  • राजनीतिक स्वतन्त्रताको नेतृत्व गरेको कांग्रेसलाई आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित गर्दै नयाँ इतिहास लेख्ने ।
  • राजनीति र अर्थनीतिलाई सँगसँगै अघि बढाउने ।
  • बीपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्णशमशेर जबराको आर्थिक विकाससम्बन्धी नीतिलाई संयोजन गर्दै कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ।
  • सभापति गगनकुमार थापाको ‘समुन्नत नेपाल’ निर्माणको सोचलाई व्यवहारमा कार्यान्वयन गर्ने ।
  • कांग्रेस नेतृत्वको सरकारले २०४८ सालमा सुरु गरेको तर बीचमा अवरुद्ध भएको आर्थिक सुधारलाई वर्तमान समयको आवश्यकताअनुसार तीव्र गतिमा अघि बढाउने ।
  • नेपाली कांग्रेसलाई वर्तमान विश्व परिवेशअनुकूल आधुनिक प्रविधियुक्त पार्टीका रूपमा रूपान्तरण गर्ने ।
  • युवालाई सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)सँग जोड्दै देशलाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउने ।
  • जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै युवाका आकांक्षा सम्बोधन गर्ने ।
  • आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा स्थापित गर्ने ।
  • समावेशी विकास र तीव्र आर्थिक वृद्धिमार्फत आर्थिक विकासलाई कांग्रेसको मुख्य प्राथमिकता बनाउने ।
  • युवाका लागि पर्याप्त स्टार्टअप अवसर सिर्जना गर्ने ।
  • आन्तरिक लगानीकर्तालाई बिना अवरोध लगानी गर्न सक्ने वातावरण तयार गर्ने ।
  • भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा काम गर्ने ।
  • नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण केन्द्र बनाउने ।
  • प्रत्येक वर्ष रोजगार बजारमा प्रवेश गर्ने करिब साढे पाँच लाख युवाका लागि देशमै रोजगारीका अवसर सिर्जना गर्ने आधार तयार गर्ने ।
  • क्षेत्रीय आर्थिक असमानता घटाउन प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारी विस्तार गर्ने ।
  • सीमान्तकृत तथा पिछडिएका समुदायलाई आर्थिक अवसरसँग जोड्दै उद्यमशीलता, सीप र वित्तीय पहुँचमार्फत आर्थिक सशक्तीकरण गर्ने ।
  • पार्टीभित्र पुस्तान्तरण, पुस्ताबीच सहकार्य, अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोडेर आधुनिक कांग्रेस निर्माण गर्ने ।
  • कांग्रेसमा आन्तरिक लो