कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवारले ४० हजार मनोनयन दस्तुर तिर्नुपर्ने

कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवारले ४० हजार मनोनयन दस्तुर तिर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सभापति पदका उम्मेदवारले ४० हजार रुपैयाँ मनोनयन दस्तुर तिर्नुपर्ने भएको छ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको मनोनयन दस्तुरसम्बन्धी विवरणअनुसार उपसभापति र महामन्त्री पदका उम्मेदवारका लागि ३०–३० हजार रुपैयाँ दस्तुर तोकिएको छ।

त्यस्तै, सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले ११ हजार रुपैयाँ मनोनयन दस्तुर बुझाउनुपर्नेछ। केन्द्रीय निर्वाचन समितिले निर्धारित समयमा तोकिएको दस्तुरसहित उम्मेदवारी मनोनयन दर्ता गर्न सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको छ।