काठमाडौँ । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बिहान सर्वदलीय बैठक बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका हुन् ।
बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।
बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा देउवा सरकार रहेको छ ।