मनाङमा मर्स्याङ्दी नदी थुनियो, जोखिम बढ्दै

मनाङमा मर्स्याङ्दी नदी थुनियो, जोखिम बढ्दै

काठमाडौँ । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार चामेनजिकै घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको हो।

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदीको बहाव अवरुद्ध भएको हो। नदीको बहाव निरन्तर बढिरहेकाले जोखिमसमेत बढ्दै गएको उनले बताएका छन्।

उनका अनुसार मर्स्याङ्दी नदीमा अहिले साइरन बजाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।