

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाह शनिबार साँझ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेका थिए।
महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु संकटको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिम, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका थिए।