

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा नयाँ सदस्य मनोनीत गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज २८ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्। एमाले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्थाअनुसार नामहरू टुंगो लगाइएको हो।
सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा मनोनीत सदस्यहरूको नामबारे जानकारी गराइएको थियो। मनोनीत हुनेहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत र नन्दलाल देवकोटा रहेका छन्।
त्यस्तै पाल्तेन शेर्पा जी गुरुङ, विनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, महमुद इष्ट्याक, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज बिष्ट, अर्जुन राई, धर्म गिरी र जी. गुरुङ पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।
यसअघि एमाले सचिवालयले केही नेताको नाम स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो। त्यसलगत्तै केन्द्रीय कमिटीमा थप सदस्य मनोनयनको प्रक्रिया अघि बढाइएको हो। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भइसकेको छ।