

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीमा करिब १० वटा घर जलेर क्षति भएको छ।
आगलागी नियन्त्रणका लागि स्थानीय प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजंघा गुल्मबाट टोली परिचालन गरिएको छ।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएको हो। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
आगो नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा दमकलसमेत घटनास्थलमा पुगेका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।