सिद्धबाबामा पहिरो खस्यो, बुटवल-पाल्पा सडक अवरुद्ध

सिद्धबाबामा पहिरो खस्यो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। बिहीबार (असोज ८) बिहान ठूल्ठूला ढुंगासहित पहिरो खसेपछि सडकमा सवारीसाधनको आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईले जानकारी दिए।

बुधबार (असोज ७) रातिदेखि उक्त क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण थप पहिरो खस्न सक्ने जोखिम रहेकाले अत्यावश्यक कामबाहेक अबका दुई दिन यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। सडक खुलाउने प्रयास भइरहे पनि वर्षा र पहिरोको जोखिमका कारण आवागमन सहज हुन समय लाग्न सक्ने जनाइएको छ।