

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले पहिलो पदक जितेको छ। कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ किलो तौल समूहमा कांस्य पदक जितेका हुन्।
सेमिफाइनलमा उनी इरानका महम्मद नेमाटीसँग ५-० ले पराजित भएका थिए। त्यसपछि कांस्य पदकका लागि भएको खेलमा उनले लाओसका वाथाना जायासानलाई पराजित गर्दै पदक जितेका हुन्। तेन्जिङको कांस्यसँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ।