काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । नेपाल विद्यार्थी संघको कार्यसमिति म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न हिजो बसेको केन्द्रीय कार्यसमिति बैठक आज २ बजे बस्ने गरि सकिएको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हिजो बैठकमा म्याद थपका विषयमा छलफल भएपनि कुनै पनि निर्णय गर्न नसकिएको एक नेताले बताएका छन् ।
विद्यार्थी संघको कार्यसमितिको म्याद थप गर्ने नगर्ने विषयलाई लिएर संगठनभित्र विवाद बढेको छ । म्याद थप गर्नु पर्ने र गर्न नहुने दुबै पक्षका विद्यार्थीहरुले हिजो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका थिए ।