परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्युयोर्कमा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि भारत सरकार तथा भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

भेटमा दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेका थिए।

त्यस्तै, नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ।