प्रतिनिधिसभाको कार्यसूची फेरबदल, सामुद्रिक जैविक विविधता सम्झौतामाथि छलफल हुने

प्रतिनिधिसभाको कार्यसूची फेरबदल, सामुद्रिक जैविक विविधता सम्झौतामाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। संसद् सचिवालयले आकस्मिक कारणले यसअघि निर्धारित कार्यसूची हटाएर नयाँ कार्यसूची राखिएको जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल गरिनेछ। त्यस्तै, उक्त सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत राखिएको संसद् सचिवालयले जनाएको छ।