काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्रनजिक रहेको प्लास्टिक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्रनजिकको प्लास्टिक गोदाममा केहीबेरअघि आगलागी भएको थियो।
प्रहरीका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप विवरण संकलन भइरहेको छ।