भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न संसदीय विशेष समिति गठन

भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछि आवश्यक अध्ययन र काम गर्न संसदीय विशेष समिति गठन भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो।

उक्त प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको हो।

समितिले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्, त्यसको प्रभाव तथा जलवायु परिवर्तनसँगको सम्बन्धबारे अध्ययन गर्नुका साथै आवश्यक सुझाव र नीतिगत सिफारिस गर्नेछ।