

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए।
मन्त्री खनालका अनुसार विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व र कार्यानुभव भएका व्यक्तिलाई राजदूतका लागि सिफारिस गरिएको हो।
सिफारिस भएका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछन्। सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो (सहमति) मागिने र अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा — बेलायत
५. जिग्यानकुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शारू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मञ्चला झा — श्रीलंका