एन्फा कार्यालयमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

एन्फा कार्यालयमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा छापा मार्न पुगेको छ।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार एन्फासम्बन्धी प्राप्त केही उजुरीका आधारमा आवश्यक अनुसन्धान तथा खोजीका लागि टोली कार्यालयमा पठाइएको हो।

सीआईबीको टोलीले एन्फा कार्यालयबाट केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ। थप विवरण भने खुलाइएको छैन।