–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो महिना मध्यम देखिन्छ । अर्थ क्षेत्रमा राम्रो छ । घरपरिवारबाट राम्रो साथ मिल्नेछ । गरिराखेको व्यवसायमा पनि उस्तै छ मध्यम फल प्राप्त होला । ज्ञानगुनकाकुरा सिक्न र सिकाउन मन जानेछ । काम नयाँ पाउने योग छ । प्रेमिल समय छ । दिन चर्या समृद्ध छ । सजग रहनु होला शत्रुले शिर ठाडो गराउन सक्छन् है । चिसो बढेको छ स्वास्थ्यमा ख्याल गर्नुहोला है ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घुमफिरको महिना छ । नयाँ नयाँ काम पाउनुहुनेछ । गरिरहेको कार्यस्थलमा ग्रेड थपिएला । मनोरञ्जनमा मन जानेछ । कामको शिलशिलामा चुनौती आउन सक्छन् तर, सिर्जनशिल कामको राम्रो फाइदा पाउनु हुनेछ । साथीसंगीबाट राम्रो सहयोग रहनेछ । सरस्वती तपाईंकै साथ रहने हुदाँ जित तपाईंकै हुनेछ । घरपरिवारबाट सुख मिल्नेछ । व्यवसायमा राम्रो छ । केही गर्न खोज्नु भएको छ भने यो महिनाबाट शुरु गर्दा राम्रो छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ख्याल गर्नुपर्ने महिना छ । तर, तपाईंको डाह गर्ने मान्छे पराजित हुनेछन् । अरुबेला भन्दा यो महिना तपाईंमा जोस जागर बढ्नेछ । व्यवसायबाट ठिकै भन्दा राम्रो आम्दानी होला । दिमाग राम्रो चलायमान हुनेछ । पढाईंमा मन जाने छ । सिर्जनशिल काममा फाइदा पुग्ला । घरपरिवारको राम्रो सहयोग मिल्ला । समाजसेवामा मन जाला । मन्दिरहरुमा जाने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मशिल महिना छ । हरेक काममा सफलता मिल्नेछ । गरेको व्यवसायमा लाभ छ । अर्थ मनग्यरुपमा कामउने समय छ । माया प्रेममा सफलता मिल्नेछ । सबैले वाहवाह गर्ने काम गर्दा सामाजिक प्रतिष्ठा बढ्नेछ । ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ । घरपरिवारको साथले तपाईंका हरेक काम सफल हुनेछन् । काम धेरै गर्न परे पनि सफलताले सबै भुलाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो महिना राम्रै मान्नुपर्छ । गरेका काममा सफलता मिल्नेछ । काममा नयाँ शैली अपनाउनु हुनुहुनेछ । अर्थमा राम्रो छ । नयाँ योजनहरु बन्नेछन् । ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ जसमा सफलता पाउनुहुनेछ । उपहार मिल्नेछ । साथीसंगीबाट राम्रो साथ सहयोग मिल्नेछ । घुमफिरको योग छ । मायाप्रेममा राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यो महिना अर्थपूर्ण छ । कमाउने आधार बलियो बन्नेछ । व्यापारमा राम्रो सफलता मिल्नेछ । घरपरिवारबाट नजिकका मान्छे सबैको साथ रहनेछ । साथीसंगीबाट भने जोगिनु होला । ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ । सफलता पनि पाउनुहुनेछ । तपाईंको ज्ञान विशेष रहनेछ तपाईंको प्रगतीका लागि । मठ मन्दिरहरुमा जाने योग छ । राजनीतिमा सफलता मिल्नेछ । घुम्ने समय हो यो महिना । सुखद ढंगले महिना बित्नेछ । सम्पत्ति आर्जन गर्ने महिना पनि हो यो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मको सफलता त मिल्ने छ । तर, बढी मिहेनत गर्नुपर्ला । सजग रहनु होला है । परायाबाट आलोचित हुनुपर्ला । अपव्ययको समय छ । समाजसेवामा मन जानेछ ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ । प्रगति हुनेछ । प्रेमिल समय छ । चिसो बढेको छ स्वास्थ्यमा ख्याल गर्नुहोला । घर पारिवारबाट राम्रो साथ सहयोग पाउनुहोला । मठ मन्दिरमा जान मन जानेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिना ठिकै छ । काममा राम्रो सफलता मिल्नेछ । मनले चाहेका कुरा पूरा हुनेछन् । तपाईंको व्यवसाय फस्टाउने योग छ । सम्पत्ति कमाउने समय छ । साथीसंगीको पनि राम्रै साथ रहला । समाजमा सबैले वाह वाह पाइएला । मान सम्मान बढ्ला घर परिवारबाट साथ सहयोग सोचेअनुसार मिल्ने छ । ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ । परायलाई सहजै जित्नुहुनेछ । स्वास्थ्यमा सजग रहनहोला है । अन्य काममा सफलतै सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो महिना उत्तम छ । सिर्जनशिल काममा रुचि बढ्नेछ । घुमफिरको योग छ । रमाइलोगरी महिना बित्ला । जग्गा जमिनबाट राम्रो लाभ प्राप्त होला । ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ यसमा पनि फलदायी होला । व्यवसायमा राम्रो फाइदा मिल्नेछ । साथीसंगीको साथले मन उत्साहित हुनेछ । नौलो काम शुरुवात हुनेछ । सबैले तपाईंको प्रशंसा गर्नेछन् । अपव्ययको समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यो महिना राम्रो छ । चुनौती बढे पनि घरपरिवारबाट राम्रो साथले हौसला मिलनेछ । प्रेमिल समय छ । साथीसंगीको साथले सफलतामा थप साथ दिनेछन् । सजग रहनुहोला स्वास्थ्य त्यती राम्रो छैन । गरेको व्यवसाय प्रगती मिल्ला । अर्थ धेरै कमाउने महिना छ । घुमफिरको समय छ । ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ । मठ मन्दिरमा जानु हुनेछ । धार्मिक मनले धेरैको सेवा गर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो महिना राम्रै मान्नु पर्छ । घुमफिरको कम योग छ । मिठो बोलीको प्रभावले धेरै सफलता मिल्नेछ । व्यवसायमा राम्रो प्रगती हुनेछ । काममा सफलता मिल्ने छ । ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ । साथीसंगीबाट राम्रो साथ सहयोग मिल्नेछ । घर परिवारबाछ मिल्ने सहयोग सफलताकालागि खुटकिलो बन्नेछन् । पिय पदार्थबाट विशेष लाभ रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महिना ठिकठिकै मान्नुपर्छ । हरेक काममा प्रगति हुने देखिन्छ तर, चुनौती पनिसंगै आउनेछन् । चौतर्फी सफलतासंगै सामाजिक प्रतिष्ठा मिल्नेछ । साथीसंगीबाट राम्रोे साथ सहयोग मिल्नुका साथै घरपरिवारबाट सुख रहनेछ । प्रेमिल जीवन बित्नेछ । ज्ञानगुनका कुरा सिक्न सिकाउन अभिरुचि बढ्नेछ । सन्ततीबाट राम्रो खबर सुन्न पाइएला । सजग रहनुहोला खर्च र स्वास्थ्य जोगाउज अरु उत्तम छ ।