

काठमाडौं । लियोनल मेस्सीको गोल र क्यासेमिरोको अर्को गोलको मद्दतमा अमेरिकाको इन्टर मियामीले मेक्सिकोको क्रुज अजुललाई २-० ले हराउँदै क्याम्पियोनेस कपको उपाधि जितेको छ। यो इन्टर मियामीको प्रतियोगितामा पहिलो उपाधि हो।
बुधबार राति न्युस्टेडियममा भएको फाइनलमा मियामीका लागि मेस्सीले २४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो गोलसँगै मेस्सीले इन्टर मियामीका लागि आफ्नो १००औँ गोलसमेत पूरा गरेका छन्।
खेलको ८१औँ मिनेटमा क्यासेमिरोले मेस्सीको कर्नरमा हेडमार्फत गोल गर्दै मियामीको अग्रता दोब्बर बनाए।
क्याम्पियोनेस कप जितेसँगै इन्टर मियामीले मेस्सी क्लबमा आएयता लगातार चौथो सिजन उपाधि जितेको छ। यसअघि टोलीले २०२३ मा लिग्स कप, २०२४ मा सपोर्टर्स सिल्ड र २०२५ मा एमएलएस कप जितेको थियो।