राशिफलः कार्तिक ३० गते, शुक्रबारको भाग्यादेश

राशिफलः कार्तिक ३० गते, शुक्रबारको भाग्यादेश

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सम्पत्ति बढ्नेछ । हरेक काममा सफलता मिल्ने छ । ज्ञानगुनका कुराहरु सिक्न मन जानेछ । दिन रमाइलोसंग बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवसायमा राम्रो छ । मन पर्ने साथीको सहयोग मिल्नेछ । हरेक काममा उन्नति हुनेछ । साथ सहयोगले सबै काममा साचेअनुसार फल मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साथीसंगीसंगको सहयोगले राम्रो फाइदा पुग्नेछ । अर्थ प्राप्तिको योग छ । सोचे भन्दा राम्रो प्रगती हुनुकासाथै व्यापारमा वृद्धि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जति काम गरे पनि सफलता हात नलाग्दा दिक्क लाग्ने छ । ख्याल गर्नुहोस् है स्वास्थ्यमा गढबढी हुने समय छ । धनपैसामा पनि सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिकरुपमा सबल समय छ । हरेक काम बन्नेछन् । घुमफिरको समय छ । रमाइलो गरी दिन बित्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

हरेक कर्ममा सफलता मिल्ने छ । आम्दानी बढ्नुका साथै रमाइलो गर्ने समय छ । समाजसेवामा ध्यान जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सिर्जनशिल काममा मन जानेछ । धन पैसामा राम्रो हुने छ । साथीसंगीसंग घुमफिरको समय छ । रमाइलोसंग दिन बित्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

होस् गर्नहोला है काममा बाधा आउन सक्छ । अपव्ययको समय छ । स्वास्थ्यमा पनि ख्याल गर्नुहोला त्यती राम्रो छैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धन प्राप्तिको योग छ । साथीसंगीबाट राम्रो साथ मिल्नेछ । हरेक काममा सफलता पाउनुहुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सिर्जनशिल काममा मन जानेछ । आर्थीकरुपमा सबल हुने समय छ । घुमफिरको समय भएकोले रमाइलोसंग दिन बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राम्रो समय छ, मिठा खानेकुरा खाने समय छ । आम्दानीमा वृद्धि हुनेछ । काममा सफलता म्दिने हुदा मन खुशी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सतर्क हुनुहोला परायाबाट बच्नुहोला । समय तपाईंकैसाथमा हुदाँ पनि मान सम्मानमा कमी आउनेछ । काममा पनि बाधा आउन सक्छन् ख्याल गर्नुपर्ला ।