‘हात हल्लाएर ट्राफिक मिलाउने’ अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी

‘हात हल्लाएर ट्राफिक मिलाउने’ अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारीसाधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ट्राफिक व्यवस्थापनमा एआई–सक्षम सीसीटीभीलगायत आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।

कार्कीले स्थानीय तहसँगको सहकार्यमा प्रहरीका लागि आवश्यक भौतिक संरचना, सवारीसाधन, विपद् उद्धार सामग्री तथा सीसीटीभी विस्तारमा सहयोग गर्न आग्रह गरे ।

महानगरपालिकाले फुटपाथ व्यवस्थापन र सफाइमा गरेको कामको प्रशंसा गर्दै उनले आगामी दिनमा फुटपाथ, पार्किङ तथा आपत्कालीन प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहकार्य गरिने बताए ।