थकाली कल्याण समाज यूके – रसुवा बाढीपीडित राहत सहयोग

थकाली कल्याण समाज यूके – रसुवा बाढीपीडित राहत सहयोग

काठमाडाैं । थकाली कल्याण समाज यूकेले रसुवाका बाढीपीडितहरूको राहत तथा सहयोगका लागि कुल रु. १७,५७,३४५ (सत्र लाख सन्ताउन्न हजार तीन सय पैँतालीस) संकलन गरेको छ।

संकलित रकममध्ये रु. १०,००,००० (दश लाख रुपैयाँ) माननीय मन्त्री महावीर पुनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। बाँकी रु. ७,५७,३४५ (सात लाख सन्ताउन्न हजार तीन सय पैँतालीस रुपैयाँ) थकाली कल्याण समाजको केन्द्रीय समिति, काठमाडौं, नेपालमार्फत रसुवा बाढीपीडितहरूको राहत तथा सहयोगका लागि हस्तान्तरण गरिएको छ।

उक्त रकम थकाली कल्याण समाज यूकेका उपाध्यक्ष केशर शेरचन, सल्लाहकार टंका तुलाचन तथा सदस्य नगेन्द्र गौचनको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

यस महत्वपूर्ण राहत अभियानमा सहयोग तथा योगदान गर्नुहुने सम्पूर्ण दाताहरूलाई थकाली कल्याण समाज यूके हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। तपाईंहरूको सहयोगले रसुवाका बाढीपीडित परिवारहरूलाई राहत पुर्‍याउन महत्वपूर्ण योगदान गर्नेछ।