

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै छ। कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी कार्यालयमा हिजो बसेको बैठकमा विषयवस्तुमाथि छलफल हुन नसकेपछि आज बेलुकी पुनः बैठक बस्न लागेको हो।
कार्यदलको बैठकमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष थापा ‘बादल’ले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन्।
सचिव महेश बस्नेतका अनुसार ती दुवै प्रतिवेदनमाथि आजदेखि छलफल सुरु हुनेछ। छलफलपछि कार्यदलले पार्टीको निर्वाचन समीक्षा र पुनर्गठनसम्बन्धी साझा धारणा तयार गर्ने अपेक्षा गरिएको छ।