काँग्रेसले मंसिर १ गते डाक्यो केन्द्रीय कार्यसमिति बैठक

काँग्रेसले मंसिर १ गते डाक्यो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, २९ कार्तिक । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर १ गते शनिबारकालागि डाकेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

बैठकमा भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान, २८ मंसिरमा आह्वान गरिएको महासमिति बैठकमा पेश हुने विधान संशोधनको मस्यौदा, राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदनलगायतका विषयमा छलफल हुने बताइएको छ ।