रास्वपा सांसद दीपककुमार साहले लिए उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको शपथ

रास्वपा सांसद दीपककुमार साहले लिए उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको शपथ

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्जिनियर दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदको शपथ लिएका छन्। गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका थिए। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।