काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जाने भएका छन्। उनी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछन्।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यो प्रधानमन्त्री शाहको प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणसमेत हुनेछ।