ओमानविरुद्ध नेपाललाई सुरुमै झट्का, ३० ओभरमा ११३ रन

ओमानविरुद्ध नेपाललाई सुरुमै झट्का, ३० ओभरमा ११३ रन

काठमाडौँ । एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा ओमानविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ। ३० ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर ११३ रन जोडेको छ।

नेपालका ओपनर देव खनाल १३ र आसिफ शेख ११ रन बनाएर आउट भए। तेस्रो क्रममा आएका इसान पाण्डे १ रनमै पभेलियन फर्किए भने रोहित पौडेलले ३ रन मात्र बनाए।

हाल क्रिजमा बसिर अहमद ७१ बलमा ३९ रन र दीपेन्द्रसिंह ऐरी ५४ बलमा ४२ रन बनाएर खेलिरहेका छन्। ओमानका लागि मोहम्मद इमरानले दुई तथा जय विराम र हसिन साहले एक–एक विकेट लिएका छन्।

मलेसियाको बायुमास ओभलमा टस जितेर ओमानले पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यमा छ।

सेमिफाइनल जित्ने टोलीले प्रतियोगिताको उपाधिका साथै आगामी वर्ष बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउनेछ। अर्को सेमिफाइनलमा यूएई र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।