

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गरेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै भोटेकोशी बाढीका कारण वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको जानकारी दिएका हुन्।
नयाँ कार्यतालिकाअनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा असोज ३ र ४ गते वडा अधिवेशन, वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कांग्रेसको तयारी थियो। अब गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने तय भएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ।