कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृह बुक

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृह बुक

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङस्थल र बगैंचा बुक गरेको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै असोज १५ देखि २० गतेसम्मका लागि ती स्थान उपलब्ध गराउन अनुरोध गरेका हुन्।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’का नाममा गरिएको बुकिङमा महाधिवेशनका लागि आवश्यक हल, लबी, पार्किङस्थल र बगैंचा समेटिएको छ।

सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले असोज १५ देखि २० गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। यता संस्थापनइतर पक्षले भने डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ।