

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट एक इन्च पनि विचलित नहुने संकल्प गरेका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर गर्न आह्वान गरेका हुन्।
उनले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्ने बताउँदै आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिन आग्रह गरे।
स्वतःस्फूर्त रूपमा भएको आन्दोलनलाई कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो संकुचित राजनीतिक स्वार्थको साधन बनाउन नहुने लामिछानेको भनाइ छ।
“हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,” उनले वक्तव्यमा भनेका छन्।