

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ। क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो।
हङकङका बाबर हयातले अविजित ११७ रनको शतकीय इनिङ्स खेले। एहसान खान ३५ रनमा नटआउट रहे भने शाहिद वसिफले ४५ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट लिए।
जारी प्रतियोगितामा नेपाल अपराजित छ। नेपालले बहराइनलाई ७ विकेट, आयोजक मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। हङकङविरुद्धको खेल जिते नेपाल समूह विजेता बन्नेछ।