

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ। समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार बैठक भोलि दिउँसो १ बजे सानेपामा बस्नेछ।
बैठकले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ। जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि महाधिवेशनको कार्यतालिका केही पर धकेल्ने निर्णय गर्ने तयारी गरेको जनाइएको छ।