

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन्।
प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनी असोज ९ गते स्वदेश फर्किनेछन्। रसुवाको भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्रीले महासभामा सहभागी भएर नेपालको आवाज अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने दबाब बढेको थियो।
महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या तथा जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। तर बाढीपहिरोबाट भएको क्षतिपछि प्रधानमन्त्री स्वयं महासभामा गएर नेपालको पक्ष राख्नुपर्ने आवाज उठेपछि शाहको भ्रमण तय भएको हो।