तपाईंको राशिफलः कार्तिक २९ गते बिहीबारको भाग्यादेश

तपाईंको राशिफलः कार्तिक २९ गते बिहीबारको भाग्यादेश

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राम्रो आम्दानी बढ्ने योग छ । कार्य सिद्धिको समय छ । ज्ञानगुनका कुराहरुमा रुची बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साथीसंगीको सहयोगले कामहरु बन्नेछन् । अर्थ आर्जनको समय छ । घुमफिरको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सजग रहनुहोला परायाबाट दुःख खेप्नुपर्ला । हरेक काममा कडा परिश्रम गर्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

हरेक काममा सफलता मिल्नेछ । अर्थ लाभको समय छ । घुमफिरमा समय बित्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सम्पत्ति बढ्ने समय छ । साथीसंगीको सहयोगले काम बन्ने छ । हरेक काममा प्राप्ति होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धन प्राप्तिको योग छ । सम्पत्ति कमाउने समय छ । मन हर्षित हुनेछ । कामहरु सफल रहनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा खिन्नता आउनेछ । अपव्ययको समय छ । ख्याल गर्नुहोला हरेक काममा अस्थिरता आउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अर्थ प्राप्तिको योग छ । चुनौतीहरु आउलान् तर, घरपरिवारको सहयोगले कामहरु बन्नेछन् । सुखमै दिन बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सम्पत्ति जोड्ने समय छ । । अर्थ आर्जनको योग छ । समाजसेवामा मन जानेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानी बढ्नेछ । हरेक काममा शुभ प्राप्तिको योग छ । ज्ञानगुनका कुरामा मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साथीसंगीबाट असहयोग मिल्नेछ । ख्याल गर्नुहोला स्वास्थ्यमा गडबढी होला । परायाबाट पनि सजग रहनु उत्तम हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

हरेक काममा सफलता मिल्ने छ । धन लाभको समय छ । तरल पदार्थबाट बढी लाभ हुने समय छ ।