

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले करिब २२५ मिटर सुरुङभित्रबाट चिनियाँ नागरिक Luhaitao को उद्धार गरेको हो। बाढी आएको ११औँ दिनमा उद्धार गरिएका उनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याइँदैछ।
भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका विभिन्न सुरुङमा फसेकाको खोजी तथा उद्धारका लागि नेपाली सेना र विदेशी विशेषज्ञसहितका टोली परिचालन हुँदै आएका छन्।