

काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कविर महर्जनको पनि सकुशल उद्धार गरिएको छ। यसअघि सुरुङबाट सञ्जय साहको उद्धार गरिएको थियो। रास्वपाका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले सुरुङबाट सञ्जय साह र कविर महर्जन गरी दुई जनाको सकुशल उद्धार भएको जानकारी दिएका हुन्।
सञ्जय साह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए। उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ।