

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकका लागि तीनवटा मुख्य कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
अर्को कार्यसूचीअन्तर्गत कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारबाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता सदनसमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।