एजेन्सी, २८ कार्तिकल । अष्ट्रेलिया वेष्ट इन्डिजमा जारी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज विहान भएको खेलमा न्यूजिल्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलिया १ खेल अघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।
१ सय ५४ रनको चुनौती पच्छयाउँदै न्यूजिल्यान्डले १७ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्रै बनाउन सकेपछि अष्ट्रेलियाले सहज जित निकालेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो। अष्ट्रेलियाले लगातार ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएर १ खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको हो ।