

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्तावलाई सांसदहरूले सर्वसम्मत रूपमा पारित गरेका हुन्।
भदौ १० गते आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, पूर्वी नवलपरासीमा २१७ र पश्चिम नवलपरासीमा १९० जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्। हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाइएको छ।
विशेष प्रस्ताव पारित गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको खोजी, उद्धार, राहत र व्यवस्थापन कार्यबारे जानकारी ग