

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट उत्पन्न विपद्सँग सरकार संघर्ष गरिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले अहिले शोक मनाउनेभन्दा खोजी तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने समय रहेको बताए।
‘हामी विपद्सँग लडिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने। उनले भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको खोज, उद्धार र व्यवस्थापनका प्रयासबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ।