आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीबारे सम्बोधन गर्दै

आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीबारे सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीबाट उत्पन्न विपद् र सरकारले गरिरहेको उद्धार तथा राहत कार्यबारे जानकारी गराउनेछन्।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आफैँ प्रतिनिधिसभामा बोल्न समय माग गरेका हुन्। सरकारको तर्फबाट यति ठूलो विपद् आएकाले संसद्लाई प्रत्यक्ष जानकारी गराउन प्रधानमन्त्रीले समय माग गरेको सचिवालयका एक कर्मचारीले बताए।

भोटेकोसी बाढीबारे सम्बन्धित मन्त्रीहरूले जानकारी गराउने भन्दा प्रधानमन्त्री आफैँले सदनलाई जानकारी दिने इच्छा व्यक्त गरेका छन्। भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीमा सम्पर्कविहीन रहेका करिब चार हजार व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ।

यसैबीच, आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्सम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलका नेताले उक्त प्रस्तावमाथि धारणा राख्नेछन्।