एजेन्सी, २८ कार्तिक । श्रीलंकाको पुनस्र्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षविरुद्ध आज अविश्वासको प्रस्ताव पारित गरेको छ ।
श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई हिजो पुर्नस्थापना गर्ने आदेश दिएको थियो । अदालतले राष्ट्रपतिद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको छ । सभामुख कारु जयसूर्याले २ सय २५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गर्नुभयो ।