एमाले र माअाेबादीका विद्यार्थी संगठनबीच झडप, २ जना घाइते

एमाले र माअाेबादीका विद्यार्थी संगठनबीच झडप, २ जना घाइते

एमाले र माअाेबादीका विद्यार्थी संगठनबीच झडप, २ जना घाइते

काठमाडाैँ, १९ पुस । चितवनमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप भएको छ । माउ पार्टी एकताका लागि तयार भएकाबेला चितवनको रामपुरमा भने दुवै पार्टीका विद्यार्थी संगठनबीच झडप भएको हाे । एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि झडप भएको हो । झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै घाइतेको टाउकोमा चोट लागेको छ । क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।