एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवातको लक्ष्य, बहराइनविरुद्ध टस जितेर फिल्डिङ

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवातको लक्ष्य, बहराइनविरुद्ध टस जितेर फिल्डिङ
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज सोमबार बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाँगीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ।

प्रिमियर कपका लागि नेपाली टोलीमा अनुभवी खेलाडी सोमपाल कामी, आरिफ शेख, कुशल भुर्तेल, नन्दन यादव र भीम सार्कीलाई समावेश गरिएको छैन। उनीहरूको स्थानमा अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, बसिर अहमद, शेर मल्ल र हेमन्त धामीलाई टोलीमा राखिएको छ।

नेपाल समूह ‘ए’ मा छ। यस समूहमा आयोजक मलेसियासँगै हङकङ, साउदी अरेबिया र बहराइन रहेका छन्। समूह ‘बी’मा ओमान, सिंगापुर, कुवेत, कतार र यूएई छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेता टोलीले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउनेछ।