त्रिशूली–३ ‘ए’ सुरुङको मुख भेटियो, ४२ जना अझै सम्पर्कविहीन

त्रिशूली–३ ‘ए’ सुरुङको मुख भेटियो, ४२ जना अझै सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएको छ।

प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलबाट करिब आठ मिटर तल र आयोजनाको करिब ४० मिटर अपस्ट्रिममा सुरुङको मुख फेला परेको हो।‘त्रिशूली–३ ए जलविद्युत् आयोजना ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा आठ मिटर तल सुरुङको मुख भेटिएको छ,’ न्यौपानेले भने।

त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली र विदेशी प्राविधिक टोली परिचालन गरिएको छ।

सुरुङको मुख फेला परेसँगै अब भित्रको अवस्था पहिचान गरी सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउने तयारी गरिएको छ।